विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ७० पुग्यो, २ जना अझै बेपत्ता

पाेखरा | माघ २, २०७९

विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ७० पुग्यो, २ जना अझै बेपत्ता

पोखराः   पोखरामा विमान दुर्घटनामा परेर बेपत्ता भएका थप एकजनाको शव फेला परेको छ । सोमबार  सेती खोंचबाट थप एकजनाको शव भेटिएसँगै मृत्यु हुनेको संख्या ७० पुगेको हो ।  जिल्ला प्रहरी कार्यालय प्रमुख अजय केसीले फेला परेको शवलाई पोखरा विज्ञान प्रतिष्ठानमा ल्याइएको जानकारी दिए ।


एसपी केसीले अज्ञात अवस्थामा रहेका २ जनाको भने भोलिमात्रै खोजी गरिने जानकारी दिए ।


काठमाडौंबाट पोखराका लागि उडेको यती एअरलाइन्सको विमान ४ जना चालक दल र ६८ जना यात्रुसहितको विमान पुरानो पोखरा विमानस्थल नजिकैको सेती खोंचमा दुर्घटना भएको थियो । 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्